२८ बैशाख २०८१, शुक्रबार 1715397950
Banner

सरकारले हचुवाको भरमा भारतसँग विद्युत् व्यापार सम्झौता गर्नु राष्ट्रहीतविपरीत : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० हजार मेगावाट बिजुली भारतले बनाउने गरी हचुवाको भरमा सम्झौता गरेको बताएका छन् ।

बिहीबार नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको ‘उर्जा क्षेत्र तथा विद्युत व्यापार–नेपाल भारत सन्दर्भ’ विषयक गोष्ठीलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले हालै भारत पुगेर गरेको विद्युत व्यापारसम्बन्धी सम्झौता नेपालको हितभन्दा पनि भारतकै हितअनुरुप भएको भएको उनको तर्क छ । संसदले समेत पारित गरेको फुर्कोट कर्णाली सस्तोमा बनाउन सकिने गरी सबै संरचना समेत तयार गरिसकेको अवस्थामा एकाएक आन्तरिक छलफल नगरी भारतलाई सुम्पेको बताए ।
‘फुकोट कर्णाली संसदले समेत स्वदेशी पूँजीबाटै सस्तोमा बनाउने भनी पारित गरिसकेको योजना प्रचण्डले हामीलाई पत्तै नदिई भारतलाई सुम्पिदिए,’उनले अगाडि थपे,‘उर्जा बेच्ने सम्झैता भयो भनेर अहिले मच्चिरहेका छन्,जुन निरर्थक हो ।’

जल ऊर्जामा नेपालको नियन्त्रणमा हुनुपर्छ भन्दै उनले भने, ‘एउटा पावर प्रोजेक्ट बन्यो लाभ के ? कति लगानी कति लाभ जमीन हाम्रो,पानी हाम्रो, सबै हाम्रो अनी उत्पादित उर्जामा भारतको नियनत्रण कदापी स्वीकार्य हुँदैन । नेपालको नीति अरु कसैबाट गाइडेड भएको अनुभव भैरहेछ, विद्युत छेलोखेलो छ भन्ने फेरी तीनैलाई लोडसेडिङ गराइरहने बोलीले उद्योग बचाउने भनेपनि व्यवहारले बन्द गर्ने देखिएको छ ।’

यस्तै, बुद्धिजीवी परिषद्का अध्यक्ष एवं बाग्मती प्रदेश सभाका सदस्य डा. दीनेशचन्द्र देवकोटाले नीतिगत तवरले उल्झन हटाउन सके जलविद्युतबाट नेपालले आर्थिक लाभ लिने बताउँदै आर्थिक वृद्धिदरमा ठूलो टेवा पु¥याउने बताए । उनले नेपालले नेपाल र भारतबीच भएका विद्युत व्यापार सम्झौतामार्फत तुलनात्मक लाभ लिने योजना अघि सार्न उनको सुझाव छ ।

Tags :