२८ बैशाख २०८१, शुक्रबार 1715360239
पालिका

कपनस्थित साततले खहरे उत्खनन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको साततलेस्थित खहरे खोला खुला गर्न सुरु गरेको छ ।

दुवै स्थानीय तहबीच सहमतिपछि बुढानिलकण्ठ नगरपालिका– १० र काठमाडौं महानगरपालिका–७ को सीमानामा पर्ने खहरे खोला खुल्ला गर्न सुरु भएको हो ।

हिजो बिहानदेखि दुई पालिकाबीच खोलाको विषयमा विवाद हुँदा खोला वरपरको संरचना हटाउन सकेको थिएन ।

डोजर लिएर बुधबार सो खोला उत्खननका लागि महानगर पुगेपछि महानगर प्रहरी र स्थानीयबीच तँछाड र मछाड भएको थियो । सो पश्चात् काठमाडौं महानगर र बूढानीलकण्ठबीच त्रिपक्षीय नापजँच गरेर मात्रै खोला उत्खनन् गर्ने सहमति भएको थियो ।

आजै महानगर डोजर लिएर खोला उत्खनन्का लागि सात पुगेको छ । तर महानगरका मेयर नै आउने भनिए पनि समय नदिएको भन्दै बूढानीलकण्ठ नगरपालिका भने रुष्ट भएको छ । नापी विभागमा मेयर नआएर प्रतिनिधि पठाएपछि जिल्ला समन्वय समिति काठमाडौंले ३ बजे दुई नगरको बैठक बोलाएको छ ।

Tags :