१४ बैशाख २०८१, शुक्रबार 1714146312
समाचार

थप २५ जनामा सङ्क्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन हजार ९४० जनाको पीसीआर परीक्षण गर्दा २५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, १२ सय ५२ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टिजेन गरेर पाँच सय १९२ जनाको परीक्षण गर्दा कुल २६ जनामा सङ्क्रमण देखिएको छ ।

२४ घण्टामा ७७ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।