८ बैशाख २०८१, शनिबार 1713608533
Banner

ठेक्कापट्टामा संलग्न व्यक्ति स्थानीय तहको उमेदवार हुन नपाउने

काठमाडौं । स्थानीय तहको निर्वाचनमा उमेदवार हुन चाहने व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले आफूले गरेको स्वघोषणाप्रति उमेदवार स्वयं जिम्मेवार हुनुपर्ने व्यवस्था गरेको हो ।

“नेपालको संविधान तथा निर्वाचन सम्बन्धी प्रचलित कानुनी व्यवस्था समेतको आधारमा स्थानीय तह निर्वाचनमा उमेदवार हुने प्रचलित कानुनबमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने र आफूले गरेको स्वघोषणाप्रति उमेदवार स्वयं जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था गरेको छ,” आयोगद्वारा विज्ञप्तिमा भनिएको छ ।

उमेदवारको मनोनयनपत्र साथ पेश गर्नुपर्ने स्वघोषणा पत्रमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक वा सुविधा पाउने गरी बहाल नरहेको घोषणा गर्नुपर्ने उल्लेख छ ।

“नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक वा सुविधा पाउने गरी बहाल नरहेको घोषणा गर्नुपर्ने,” विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै कुनै स्थानीय तहको ठेक्कापट्टा वा चलअचल सम्पति सम्बन्धि व्यवहारमा संलग्न नरहेको घोषणा गर्नुपर्ने पनि आयोगले जनाएको छ ।