१५ बैशाख २०८१, शनिबार 1714212943
राजनीति

काँग्रेसले गठबन्धनबारे भोलि निर्णय गर्ने

काठमाडौं । नेपाली कांग्रेसले चुनावी गठबन्धनबारे भोलि मात्र निर्णय गर्ने भएको छ ।

काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकले यसबारे भोलि मंगलबार निर्णय गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

‘आजको बैठकमा बोल्ने क्रम सकियो । केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नुभयो । भोलि ३ बजे बस्ने बैठकले यसबारे निर्णय गर्नेछ,’ प्रवक्ता महतले भन्नुभयो ।

आजको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले चुनावी तालमेल गर्नुपर्ने धारणा राखेको उहाँले बताउनुभयो ।