२३ बैशाख २०८१, आईतवार 1714891518
Banner

सिनामंगलको शंकास्पद बस्तु बम नभएको पुष्टि, पासवान पक्राउ

काठमाडौं । सिनामंगलको खोटाङ हलेँसी ज्वेलर्समा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । सुन पसलको सटरअगाडि राखेको वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली पुगेको थियो । डिस्पोजको क्रममा उक्त वस्तु बम नभएको खुलेको सेनाले बताएको छ ।

यसैबीच उक्त घटनामा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो । पासवानलाई अहिले गौशाला प्रहरीमा राखिएको छ ।

सुन पसल सञ्चालक मने विश्वकर्माले पैसा मागेर धक्की दिएको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पासवालले विश्वकर्मासँग पटक पटक फोन गरेर ५ लाख नदिए बम राख्छु भनेर धम्की दिएका थिए । उनलेले आज ९ पटक फोन गरेर ५ लाख मागेका थिए । नदिए बम राख्छु भनेर धम्की दिएका थिए । विश्वकर्माले पैसा दिन नमानेपछि यहाँ शङ्कास्पद वस्तु राखेको खुलेको छ ।