५ जेष्ठ २०८१, शनिबार 1716060692
राजनीति

रेडक्रसमा सत्ता पक्ष र प्रतिपक्षको समानान्तर कार्यसमिति

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा सत्ता पक्ष र प्रतिपक्षको समानान्तर कार्यसमिति बनाइएको छ ।

सरकारमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकटले बनाएको तदर्थ समितिको विरुद्धमा प्रमुख प्रतिपक्ष एमाले निकटबाट अर्को तदर्थ समिति बनेको छ।

सत्ता पक्षबाट बनेको तदर्थ समितिको नेतृत्वमा सुदर्शन नेपाल छन् भने अर्को पक्षबाट बनेको समितिमा डा.नेत्र तिम्सिना छन् ।

असार २७ र २८ का लागि संस्थाले गर्न लागेको निर्वाचन अदालतले रोकिदिएको छ । तिम्सिना पक्षले असार २६ मा सर्वसम्मत रूपमा ३३ सदस्यीय तदर्थ समिति बनाएको छ । तत्कालीन नेकपाबाट केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तिम्सिनालाई तदर्थ समितिको अध्यक्ष बनाइएको थियो । समयमा निर्वाचन गर्न नसकेको भनि उनको समितिलाई भंग गरेर कांग्रेस सभापति शेरबहादुर देउवा प्रंधानमन्त्री हुँदा नेपाल नेतृत्वको समिति बनाइएको थियो ।

अदालतको पत्रको आधारमा निर्वाचन रोकिएपछि मंगलबार (साउन २ मा) सुर्दशन नेपाल पक्षले ३३ सदस्यीय कार्यसमिति बनाएको छ। भागवण्डाको आधारमा तदर्थ समिति बनाउने गठबन्धनको पूर्वनिर्णय अनुसार तीन दल निकटबाट तदर्थ समिति बनाइएको छ ।

सत्ता गठबन्धन निकट तदर्थ समितिको पदभार बुधबार राखिएको छ ।

नेपाल नेतृत्वमा बनेको तदर्थ समिति :

अध्यक्ष : सुदर्शन नेपाल
महिला उपाध्यक्ष : राधा नेपाली
खुल्ला उपाध्यक्ष : सुरेन्द्र ऐर,
महामन्त्री : भुपतिलाल श्रेष्ठ,
कोषाध्यक्ष : वीरबहादुर बस्नेत,
उपमहामन्त्री : मनोजकुमार थापा,
उपकोषाध्यक्ष : डोलराज पाण्डे

प्रदेशतर्फ

बाग्मती प्रदेशबाट राजेन्द्रमान ताल्चाभडेलू
कोशी प्रदेशबाट कृष्ण प्रसाद न्यौपाने
लुम्बीनी प्रदेशबाट अनुपकुमार श्रेष्ठ
सुदुरपश्चिम प्रदेशबाट लक्षीराम कुँवर
कर्णाली प्रदेशबाट रामलाल आचार्य

खुल्ला सदस्यतर्फ :

विष्णुराज नेपाल,
उत्तम जोशी,
विनोद बस्नेत,
उमेश थापा,
प्रा.डा. कृष्णप्रसाद गौतम,
सपुतबहादुर कार्की,

हरिप्रसाद पौडेल,
यौवनप्रकाश श्रेष्ठ,
गुमानराज पुलामी,
विरेन्द्रराज कँडेल,
शिवराम खत्री,

नारायणप्रसाद तिमिल्सिना,
नरेशप्रसाद सिंह,
नौलसिं पुन,
शिवकुमार कार्की,
मोहनकुमार श्रेष्ठ,