५ जेष्ठ २०८१, शनिबार 1716063073
Banner

भद्रकुमारी घले सेवा सदनमा काठमाडौं महानगरपालिकाले चलायो डोजर

काठमाडौं । काठमाडौंको अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाको नगरप्रहरी पुगेको छ।

सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन लागेको हो। नगरप्रहरीले केही बेरमा डोजर चलाउने तयारी गरेको छ।

नगरप्रहरीले तीन दिन अघि उक्त भवन खाली गर्न भनेको थियो। तीनभित्र पनि उक्त भवन खाली नगराएपछि नगरप्रहरीले डोजर चलाउन लागेको हो ।

सदनमा ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ। उक्त भवनमा आश्रम सञ्चालन गरिराखेको थियो। त्यहाँ असहाय अशक्त वृद्धवृद्धाहरुलाई आश्रय दिइरहेको थियो। यो आश्रम २०६२ सालमा सञ्चालन गरेको थियो।

भद्रकुमारी घलेले संग्रहालयमा भएको आफनो सामान सुरक्षित साथ घरमा पुयाईदिन आग्रह गरेको नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।

उनले भने, ‘उहाँ आमाले नै मलाई फोन गरे मेरो महानगरको अभियानमा समर्थन छ । मेरो सामानहरु सुरक्षित घरमा पुयाईदिनु भन्नुभएको छ । नगरप्रहरीले गाडी बोलाएर संग्रालयको सामान घरमा पुयाईदिन लागेकोछ । ’ सदनमा रहेको अनधिकृत संरचना सबै हट्ने उनले बताए ।

आजदेखि अभियान सुरु भएको उनको भनाइ छ । यहाँ आश्रममा बसेकाहरुलाई मानव सेवा आश्रममा पठाइने छ ।