५ जेष्ठ २०८१, शनिबार 1716077232
Banner

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । सोमबारसम्म उनले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । त्यसको एक दिनअघि अधिकारीले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।

अधिकारी चैत २५ गते सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गर्ने र विश्वासको मत लिने कार्यसूची तय गरिएको कार्यव्यवस्था परामर्श समितिका सदस्य फणिन्द्र देवकोटाले जानकारी दिएका छन् ।