२० बैशाख २०८१, बिहीबार 1714713142
अपराध

एकै दिन रौतहट प्रहरीले समायो ६ जना फरार प्रतिवादी

रौतहट। रौतहट प्रहरीले मंगलबार एकै दिनमा ६ जना फरारको सूचीमा रहेका प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत रौतहटको फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय भई फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कुटपिट अङ्गभङ्ग मुद्दाको फरार प्रतिवादीहरू गरुडा नगरपालिका २ गेडहिगुठिका वर्ष ६५ का बलिराम सहनी, सोही ठाउँका वर्ष ५५ को कृष्णनन्दन सहनी, वर्ष ३५ का सुनिल सहनी, वर्ष ३९ का प्रभुनन्दन भन्ने शशि सहनी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी जुवा सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरू गरुडा ६ पोथियाहिका ६५ वर्षीय जम्दार साह र ६० वर्षीय जुकिन्द्र साह पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ६ जनालाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराई प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।