४ जेष्ठ २०८१, शुक्रबार 1715951683
पालिका

३० दिनभित्र विवरण पेस गर्न सहकारीलाई काठमाडौं महानगरपालिकाको निर्देशन

काठमाडौं। काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो।

पछिल्लो समय सहकरीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका केही सहकारीले पनि साधारणसभाको जनाकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको विभागले जनाएको छ।

सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी दिइएको छ।

ऐनको दफा २८ को उपदफा २ मा आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ मा तीन महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने, दफा ५२ मा उक्त विवरण बुझाउनु पर्ने व्यवस्था छ।

दफा ६६ मा सहकारीको विघटन वा दर्ता खारेजीसम्मको व्यवसथा छ। साथै, सूचनाबारे जानकारी दिंदै मेयर बालेन शाहले सहकारीले कानुनले निर्दिषट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्नुपर्न बताएका छन् ।