२० बैशाख २०८१, बिहीबार 1714706615
अपराध

सकियो, नक्कली शरणार्थी प्रकरणको थुनछेक बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सकिएसँगै आजै थुनछेक आदेशको तयारी छ ।

यस प्रकरणमा पाँच जना सरकारी वकिल र जाहेरतर्फकासमेत गरी ७ जनाले जवाफी बहस गरेका छन् ।

न्यायाधीशले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा रिहा गर्ने आदेश गर्नेछन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा यही जेठ १० गते अभियोगपत्र दर्ता गरेको थियो । त्यसपछि आरोपीहरुको बयान सकेर जेठ २१ गतेबाट थुनछेक बहस सुरु भएको हो । उक्त घटनामा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ ।

Tags :