४ जेष्ठ २०८१, शुक्रबार 1715955137
Banner

लिङ्देनको प्रश्न : सत्ता पक्ष असन्तुष्ट रहने बजेट बनाउने ज्ञान कसले दियो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता पक्षकै सांसदको असन्तुष्टि हुने गरी अर्थमन्त्री प्रकाशशरण महतलाई बजेट बनाउने बुद्धि र ज्ञान कसले दियो भनी प्रश्न गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा विनियोजन विधेयकबारे छलफलको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘बजेटमा पहुँज पुग्ने सत्तापक्षका सांसदहरूको सबैभन्दा सुन्दर छ भन्ने । सत्तापक्षबीच पनि विभाजन देखियो । मेरो यसपालि बजेट परेन भनेर धेरै गुनासो छैन । मन्त्रीज्यूले आफू भएको बेलामा आफ्नो ठाउँमा नदेखिने गरी बेसी हाल्ने नै हो भनेर भनिसक्नुभएको छ । त्यो प्रवृत्ति विगतदेखि नै चलेर आएको छ। परेन भनेर भन्नुको अर्थ छैन,’ उनले भने ।

Tags :