२०७९ मंसिर १६ शुक्रबार 1669993101
अर्थ

११ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार दुई सय रुपियाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख तीन सयमा कारोबार भएको सुन आज प्रतितोला ११ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार सात सय रुपियाँ तोकिएको छ । यसको मूल्य मङ्गलबार प्रतितोला ९९ हजार आठ सय रुपियाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले घटेर एक हजार ३७० मा आएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२१ डलर आसपास कारोबार भइरहेको छ ।