८ बैशाख २०८१, शनिबार 1713621564
Banner

एमाले केन्द्रीय कमिटी बैठक सुरू

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी केन्द्रीय कमिटीको तेस्रो बैठक आज र भोलि दुई दिन चल्नेछ । बैठक वैशाख ३० को स्थानीय चुनावमा केन्द्रित रहेको छ । अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको राजनीतिक तथा समसामयिक प्रतिवेदन, सातवटै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयन, विभागहरूको गठन, स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया, पार्टीको बार्षिक क्यालेन्डरको तयारी, पार्टी स्थापना दिवस ,निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका ,सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन, लेखा तथा आर्थिक व्यवस्थापन विनियमका मापदण्डलगायतका विषय बैठकका मुख्य एजेण्डा छन् ।