१४ बैशाख २०८१, शुक्रबार 1714186212
Banner

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार, को को बने मन्त्री ?

रुपन्देही । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । सोमबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

मुख्यमन्त्री चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक–एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमी व्यवस्था र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री बनेका छन् ।

यसअघि माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विना विभागीय मन्त्री नियुक्त भैसकेका छन् । नवनियुक्त मन्त्रीहरुको आजै सपथ गराउने तयारी छ ।