१५ बैशाख २०८१, शनिबार 1714281283
राजनीति

दैलेखमा चट्याङ लागेर एकै परिवारका ४ जना घाइते

काठमाडौं। दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन्।

गएराति करिब साढे १० बजेतिर चट्याङ लाग्दा डुंगेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

उनीहरु घरभित्रै सुतिरहेका बेला चट्याङ लागेको थियो। घाइते भएकाहरुको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनीहरुलाई गएराति नै एम्बुलेन्समार्फत दैलेख अस्पताल पुर्‍याइएको थियो।