१२ बैशाख २०८१, बुधबार 1713965776
राजनीति

सरकारका सचिवहरूलाई घण्टे करारमा राख्न सचिव बुर्लाकोटीको प्रस्ताव

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले देशको विकास गर्ने सचिवहरूलाई घण्टे करारमा राख्न प्रस्ताव गरेका छन् । उनले सामाजिक सञ्जल फेसबुकमा लेख्दै यस्तो प्रस्ताव गरेका हुन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय मातहतको हो ।

सचिवको विद्वतापन देखेर वाक्क लागेको उल्लेख गर्दै उनले मङ्गलवार बिहान फेसबुकमा स्टाटस लेख्दै यस्तो प्रस्ताव गरेका हुन् ।

उनी लेख्छन्, ‘देशको बिकास गर्ने हो भने नेपाल सरकारका सचिवहरुलाई ‘घण्टे करार’मा राखियोस मान्यवर ।’

उनले केही दिनअघि पनि निजामती सेवाको उच्च पदाधिकारीलाई ‘काम घुमाउने अन्तर्राष्ट्रिय सेवा पदक’ बाट विभूषित गर्नुपर्ने भन्दै असन्तुष्टि पोखेका थिए ।