१४ बैशाख २०८१, शुक्रबार 1714120821
Uncategorized

काठमाडौँको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

काठमाडौँ – काठमाडौँको नयाँ बसपार्कस्थित एक होटलमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न ८ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरीले बताउनुभयो ।

पुस १२ मा सुर्खेतबाट काठमाडौँ आएकी ३३ वर्षीया युवतीलाई बसपार्कमा भेटेर मुगु घर भएका युवराज बडुवालले गेस्ट हाउसमा लगेका थिए । उनले मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई फोन गरेर गेस्ट हाउसमा बोलाएका थिए । सो रात दुईजनाले सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलासा गरेको छ । भोलिपल्ट बिहान थप ७ जनाले अर्को गेस्ट हाउसमा लगेर ती युवतीलाई बलात्कार गरेका थिए ।

बलात्कारमा संलग्न आरोपी मध्येका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा र गोपाल कुमार श्रीसलाई प्रहरीले पक्राउ गरेको छ ।

मुगुका हस्त नेपाली र चन्द्र साउद फरार छन् । फरारहरूको खोजी भइरहेको एसएसपी गिरीले बताउनुभयो। पीडित युवती काम खोज्न सुर्खेतबाट काठमाडौँ आएकी हुन् । पिडा सहन नसकेर चिच्याउँदै उनी प्रहरीकहाँ पुगेपछि घटना बाहिरिएको थियो ।