१४ बैशाख २०८१, शुक्रबार 1714146703
खेलकुद

नेकोस–छैठौ अन्तराष्ट्रिय जुडो प्रतियोगिता सम्पन्न

काठमाडौं । नेकोस–छैठौ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता सम्पन भएको छ । नेपाल खेलकुद महासंघ, राष्ट्रिय जूडो संघ नेपाल, नेपाल जूडो संघको सयुक्त आयोजनामा काठमाडौंको खुशिबु नयाँबजारमा सम्पन्न प्रतियोगितामा भुटान र जापानसहित नेपालको विभिन्न जिल्लाहरू बाँके, दाङ्ग, कास्की, मकवानपुर, सोलुखुम्बु, काभ्रे, ललितपुर भक्तपुर, पर्सा तथा काठमाडौं जिल्लाहरु सहित उपत्यकाभित्र रहेका क्लब, डोजो, विद्यालय, कलेज, संघ सस्थाको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन नेकपा एमालेको पोलिट्ब्युरो सदस्य,युवा तथा खेलकुद बिभाग प्रमुख लिल बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो समापन समारोहको बिशेष अतिथी नेपाल खेलकुद महासंघको अध्यक्ष पर्शुराम बस्नेत हुनुहुन्थ्यो । समारोहमा नेपाल खेलकुद महासंघका उपाध्यक्ष संन्जु महर्जन, निरेशलाल सिंह तथा सचिब तिर्थ बहादुर खड्का अतिथीको रुपमा रहनु भएको थियो।

यस प्रतियोगितामा महिला १०४ र पुरुष १४९ गरी जम्मा २५३ देश बिदेशबाट खेलाडीहरु सहभागी भएका थिए ।

समापन समारोहमा देश बिदेशबाट जुडो खेलमा भाग लिई प्रथम, द्धितिय र तृतिय हुने खेलाडीहरुलाई प्रमुख अतिथी लिल बहादुर थापा, विशेष अतिथी पर्शुराम बस्नेत, अतिथीहरु संन्जु महर्जन, निरेशलाल सिंह र तिर्थ बहादुर खड्काले प्रमाण पत्र, शिल मेडल र पुरस्कार वितरण गर्नु भएको थियो ।