११ चैत्र २०७९, शनिबार 1679754975
Banner

नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ३ लाख दिने

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएको नेपाली टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

बिहान प्रधानमन्त्री निवासमा बोलाएर खेलाडीलाई बधाई तथा शुभकामना दिएका प्रधानमन्त्री प्रचण्डले जनही ३ लाख दिने घोषणा गरेका हुन्।

युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा ‘नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी रू. ३ लाख पुरस्कारको घोषणा गर्दछु।’ लेखेका छन्।

बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री प्रचण्ड स्वयम् उपस्थित भएर खेलाडीलाई हौसला प्रदान गरेका थिए।