१४ बैशाख २०८१, शुक्रबार 1714189830
Banner

चौध वर्षपछि आज स्ववियु निर्वाचन हुँदैः बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान

काठमाडौं । चौध वर्षपछि विद्यार्थी संगठनहरुको स्ववियु निर्वाचन आज हुँदैछ । त्रिवि अन्तर्गतका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । तर विद्यार्थी संगठनहरुबीचको विवादका कारण आज आङ्गिक तर्फका ४८ वटा क्यम्पसमा मात्रै निर्वाचन हुदैछ ।

आङ्गिकतर्फका एक दर्जन क्याम्पसमा भने निर्वाचन के हुने भन्ने अझैं टुङ्गो छैन । लामो अन्तरालमा हुन लागेको निर्वाचनबाट विद्यार्थीहरु उत्साहित भएपनि विद्यार्थी भर्ना संख्या लगायत विषयलाई लिएर उत्पन्न विवादका कारण विद्यार्थी संगठनहरुले क्याम्पसमा ताल्चा लगाएका छन् ।

स्ववियु निर्वाचनमा मतदानका लागि आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ । एक लाख ७० हजार विधार्थीले मतदान गर्ने प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य निर्वाचित हुनेछन् । यसैगरि उपाध्यक्ष र सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक प्रणाली मार्फत चयन हुनेछन् ।

त्रिविले प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन ।