१३ बैशाख २०८१, बिहीबार 1714038656
Banner

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

काठमाडौं । चलचित्र कलाकारहरूको छाता संस्था ‘नेपाल चलचित्र कलाकार संघ’को अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । शनिवार राजधानीमा सम्पन्न संघको १९ औं साधारणसभापश्चात भएको निर्वाचनमा प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतले हराउँदै निरौला अध्यक्षमा निर्वाचित भएका हुन् ।

निरौलाले २ सय ३५ मत पाए भने उप्रेतीले २ सय ९ मत मात्र प्राप्त गरेकी छिन् ।

झन्डै ७ सय सदस्य रहेको संघको निर्वाचनमा ४ सय ६८ जनाले मात्रै मतदान गरेका थिए ।

संघको उपाध्यक्षमा कविता गेलाल र शिवहरी नेपाल ‘वैरागी’ निर्वाचित भएका छन् भने महासचिवमा सबिन श्रेष्ठ निर्वाचित भएका छन् ।