१४ बैशाख २०८१, शुक्रबार 1714164331
पर्यटन

बालविवाहमुक्त ललितपुरका लागि कल्पनाले थालिन् हाइकिङ

ललितपुर । बालविबाहको रोकथामका लागि बुधबार ललितपुरमा हाइकिङ भएको छ । हाइकिङको उदघाटन चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठले ललितपुरको सुनाकोठीस्थित मदरगंगा प्रिस्कुल नजिकैको चोकमा गरे । सफल महिला समूह र शान्ति शिक्षा अभियान नेपाल ललितपुरको संयुक्त आयोजनामा भएको हो ।

हाइकिङ दक्षिण ललितपुरको गुप्तेश्वर महादेवबाट सुरु भएको थियो । त्यहाँंबाट कन्जोसम निस्केर समापन भएको थियो । हाइकिङमा सहभागीहरुलाई ललितपुरको लेले टिकाभैरबमा पुगेपछि लेले महिला समूहले स्वागत गरेको थियो । यसक्रममा आगामी दिनमा लेले लेले महिला समूहले पनि साथ दिने जनाइयो । यसको लागिसँंगै सहकार्य गरी अगाडि वढने जनाइयो । हाइकिङ दुई तीन घण्टा चलेको थियो । हाइकिङमा विभिन्न क्षेत्रका चार दर्जन वढी महिला पुरुष सहभागी थिए ।

मेक नेपाल अ चाइल्ड म्यारिज फ्रि नेशन (नेपाललाई बालविवाहमुक्त गर्ने अभियान) को रुपमा हाइकिङ थालिएको हो । पहिलो पटक ललितपुरलाई बालविवाहमुक्त बनाउने अभियानसहित ललितपुरबाट अभियान थालिएको अभियानकर्ता एवं उतरी र दक्षिणी मोहदावाट सर्वप्रथम हिमाल आरोहण गर्न सफल विश्वकै पहिलो महिला पत्रकार कल्पना महर्जनले बताइन् । बालविवाहमुक्त अभियान अन्तर्गत अवदेखि हरेक महिना फरकफरक ठाउँंमा यस प्रकारको हरेक महिना बालविवाह रोकथाम अभियान अन्तगर्त हाइकिंग हुने जनाइयो ।