२० बैशाख २०८१, बिहीबार 1714693818
समाचार

चीनले ७ प्रतिशतले बढायो रक्षा बजेट

एजेन्सी। आफ्ना सेनालाई थप शक्तिशाली बनाउने उद्देश्यले चीनले रक्षा बजेट बढाएको छ। चीनले ७ प्रतिशतले रक्षा बजेट बढाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

चिनियाँ संसद (नेसनल पिपुल्स कंग्रेस) मा संबोधन गर्दै प्रधानमन्त्री ली केकियाङ्गले चीनलाई कमजोर बनाउने प्रयास तीव्र भएको भन्दै यस वर्ष रक्षा बजेट बढाउने निर्णय गरिएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

सीमा क्षेत्रमा सैन्य प्रशिक्षण र सबै प्रकारका तयारीलाई तीव्र बनाउनुपर्नेमा चीनले जोड दिएको छ। चीनले सेनाका लागि बर्सेनि करिब २ सय अर्ब डलर खर्च गर्ने गरेको छ । यद्यपि उसको प्रतिद्वन्द्वी अमेरिकाको तुलनामा यो करिब ४ गुणा कम हो।

संसद बैठकमा चीनले यस वर्ष ५ प्रतिशतभन्दा कम आर्थिक विकासको लक्ष्य राखेको जानकारी पनि गराइएको थियो।