१५ बैशाख २०८१, शनिबार 1714262962
समाचार

तराई यातायात व्यवसायी संघको अध्यक्षमा ओमकृष्ण कार्की निर्वाचित

काठमाडौं । तराई यातायात व्यवसायी संघको १६औँ वार्षिक साधारणसभा एवं छैठौं अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्षमा ओमकृष्ण कार्की निर्वाचित भएका छन । कार्की नेपाल ट्रक यातायात व्यवसायी महासंघका कोषाध्यक्ष समेत रहेका छन ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा सहैल अख्तर अन्सारी, केन्द्रीय उपाध्यक्षमा, जीवन कुमार श्रेष्ठ, क्षेत्रीय उपाध्यक्ष (उत्तर)मा बोधराज आचार्य, क्षेत्रीय उपाध्यक्ष (दक्षिण) मा उमकेश्वर प्रसाद रौनियार,क्षेत्रीय उपाध्यक्ष (पश्चिम)मा कुमार राई, क्षेत्रीय उपाध्यक्ष (पुर्व)मा विरेन्द्र कार्की निर्वाचित भएका छन।

साथै महासचिवमा अर्जुन प्रसादअधिकारी,उप-महासचिवमा देव कुमार श्रेष्ठ निर्वाचित हुँदा सचिवमा भने क्रमश लोकराज पौडेल, मनोज यादवज र राम बहादुर कार्की, निर्वाचित भएका छन।

यता सह–सचिवमा तुफान फारुक अंसारी निर्वाचित भए। भने कोषाध्यक्षमा नारायण प्रसाद घिमिरे, निर्वाचित हुँदा सह(कोषाध्यक्षमा नवीन थापा पनि निर्वाचित भएका छन।

सदस्यहरुमा भने सुदिप रिमाल, दिलुमाया श्रेष्ठ,लोक बहादुर पोखरेल, मदनराज कंसाकार, विजय रंजितकार,करण कुमार चौधरी, राजादिन बाबु, उत्तम कुमार पौडेल,संजय कुमार गुप्ता निर्वाचित भएका छन।

शुक्रबार सुरुभएको साधारणसभाको उदघाटन पुर्वश्रम मन्त्री तथा प्रतिनिधिसभा किसान श्रेष्ठले गरेको थिए।
तराई यातायात व्यवसायी सघको स्थापना २०६१ सालमा भएको थियो। नव निर्वाचित कार्यसमिति कार्यकाल तीन वर्षको रहने छ।