१३ बैशाख २०८१, बिहीबार 1714024166
Banner

पशुपतिमा शिव रात्री मेला १८ दिन, मन्त्रालयले बनायो छानबिन समिति

काठमाडौँ। पशुपति क्षेत्रमा महाशिवरात्रीको अवसर पारेर १८ दिनसम्म मेला चलेको विषयमा मन्त्रालयले छानबिन समिति बनाएको छ । महाशिरात्रीको अवसरमार ७ दिनको लागि पशुपति क्षेत्र विकास कोषले मेलाका लागि ठेक्का दिएपनि ठेकेदारले १८ दिनसम्म मेला गरेको हो ।

धार्मिक आस्था बोकेको पशुपतिमा ठेकेदार र पशुपति विकास कोषका कर्मचारीको निहीत स्वार्थमा व्यापारको अखडा बनाएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार छानविनपछि छानबिन समिति बनाएको छ।

कोषले महाशिवरात्रिको अवसरमा आयोजना गरेको मेला तोकिएको समय अवधिभन्दा बढी लगाइएको गुनासो आएको भन्दै मन्त्री सुदन किरातीको निर्देशनमा मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

मन्त्रालयका सहसचिव राजेन्द्र कुमार केसी संयकत्वमा गठीत छानविन समितिले ७ दिनभित्र सत्यतथ्य पत्ता लगाई प्रतिबेदन बुझाउन भनिएको छ। तीन सदस्यीय समतिका सदस्यमा केसीसँगै मन्त्रालयका उपसचिव अर्जुन राई र शाखा अधिकृत जयन्ती श्रेष्ठ छन् ।

मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार मेलाको ठेक्का अवधि कति दिन हो ? कस्लाई ठेक्का दिईएको हो ? किन समयावधिभन्दा धेरै दिन मेला चल्न दिइएको हो ? कोषका कर्मचारीको मिलेमतो छ वा छैन भन्नेबारे विस्तृत छानविन गरेर प्रतिवेदन बुझाउन समितिलाई कार्यादेश दिइएको छ।