१५ बैशाख २०८१, शनिबार 1714208271
राजनीति

राष्ट्रपति–सभामुख भेट, सभामुखको पहिलो भ्रमण बहराइनबाट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख देवराज घिमिरेले मंगलबार भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालयमा भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयु) बैठकबारे जानकारी गराउनुभएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिनुभयो ।

आईपीयुको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख आगामी फागुन २६ गते बहराइन प्रस्थान गदै हुनुहुन्छ ।

आईपीयु बैठक फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मनामा सहरमा हुँदैछ ।