१२ बैशाख २०८१, बुधबार 1713997957
समाचार

विद्यार्थीको पहिलो रोजाइको कलेज बन्दै मनास्लु

काठमाडौं । मनास्लु वल्र्ड कलेज नेपाली विद्यार्थीको पहिलो रोजाइको कलेज बनेको छ । शिक्षा क्षेत्रमा एकपछि अर्को नयाँ आयाम थप्दै आएको मनास्लु कलेजले स्थापनाको छोटो समयमै देशकै उत्कृष्ट कलेजका रुपमा स्थापित भएको हो ।

सोमबार कलेजले एक भव्य कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ११ का विद्यार्थीलाई स्वागत, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिलाई सम्मान तथा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई नेसनल प्याब्सनका केन्द्रिय अध्यक्ष पाण्डव हमाल ठकुरी, राष्ट्रिय परीक्षा बोर्ड बागमतीका प्रमुख जयन्ती सत्याललगायतले सम्बोधन गरेका थिए । कार्यक्रमका सबैजसो वक्ताले मनास्लु नेपालको ‘नम्बर वान’ कलेज बन्न सफल भएको बताउँदै आगामी दिनमा थप सफलताको शुभकामना दिएका थिए ।

मनास्लुले आफ्नो २५ औं स्थापना दिवसका अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । मनास्लु संगीत सम्मान   संगीत महारथी शम्भुजित बास्कोटालाई, मनास्लु संचारकर्मी सम्मान पत्रकार टिकाराम यात्रीलाई, मनास्लु शिक्षासेवी सम्मान नेसनल प्याब्सनका निवर्तमान अध्यक्ष ऋतु राज सापकोटालाई, मनास्लु खेलकुद सम्मान नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पारस खड्कालाई, मनास्लु समाजसेवी सम्मान मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई त्यसैगरी मनास्लु बिशेष सम्मान २०७९ बाट मनास्लु कलेजका एकेडेमिक हेड शशी के.शीलाई प्रदान गरेको छ ।

मनास्लु स्कुल-कलेजमा अध्यापनरत शिक्षक-शिक्षिकाहरु मध्ये कार्यसम्पादनको आधारमा सर्वोकृष्ट ५ जना शिक्षक-शिक्षिकाहरु कृष्णहरि गुरागाईं, कृष्ण राई, सृजना ढुंगेल, रोजिना फुयाल र उज्ज्वल चालिसेलाई सम्मान गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड २०७९ मा सर्वोकृस्ट अंक ल्याउने विभिन्न संकायबाट ७ जना विद्यार्थीहरु र हाल कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु मध्ये विभिन्न विद्या अन्तर्गत उत्कृष्ट १० जना विद्यार्थीहरुलाई पनि सम्मान गरिएको मनास्लु वल्र्ड कलेजका अध्यक्ष गेन्द्र लामाले अनलाइन सरोकारवालाई जानकारी दिए । शैक्षिक हवका रुपमा स्थापित कलेजले आगामी दिनमा युग सुहाउँदो शिक्षा दिएर विश्व बजारमा अब्बल हुने जनशक्ति उत्पादन गर्ने अध्यक्ष लामाको भनाई छ ।

२५ वर्षअघि भुवनेश्वरी पब्लिक विद्यालयबाट स्थापना भई प्राक्सिस इन्टरनेशनल एकेडेमी हुँदै मनास्लु वल्ड कलेजको रुपमा स्थापित भएको कलेजका प्रिन्सीपल राजन श्रेष्ठले बताए । गुणस्तरिय शिक्षा र उच्चशिक्षासँगै व्यवसायीक दक्षतासहितको योग्य जनशक्ति उत्पादन कलेजको अबको लक्ष्य रहेको प्रिन्सीपल श्रेष्ठले बताए ।

दशकौं अघि स्थापना भएका कलेजहरु सञ्चालन हुन नसकिरहेका बेला मनास्लु कलेज भने छुट्टै पहिचान बनाएर रफ्तारमा अघि बढेको छ ।