१४ बैशाख २०८१, शुक्रबार 1714185652
Banner

पाटन अस्पतालका डा.शर्मा प्रधानमन्त्रीको निजी चिकित्सकमा नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा.युवराज शर्मा नियुक्त भएका छन् । गत बिहीबार (११ फागुन) मा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकको रूपमा डा.शर्मा नियुक्ति भएका हुन् ।

डा.शर्माले हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत छन् ।

सोमबार साँझ प्रधानमन्त्रीको निजी चिकित्सक नियुक्तिको पत्र बुझेको शर्माले बताए । सरकारी सेवामा रहेको व्यक्तिले दोहोरो सेवा–सुविधा लिन नमिल्ने भएका कारण डा.शर्माले पाटन अस्पतालको मात्रै सेवा–सुविधा लिने बताए । पाटन अस्पतालमा भएको साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको निजी चिकित्सकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नेछु,’ डा.शर्माले भने ।

नेपालमा दुई विषयमा एमडी गरी विदेशबाट फेलोसिप समेत गरेका डा.शर्मा नेपालका अब्बल चिकित्सकमध्येमा गनिन्छन् । डा.शर्माले उच्च विशेषज्ञता इन्टनरल मेडिसिन र पेट तथा कलेजो विषयमा गरेका छन् ।