२६ बैशाख २०८१, बुधबार 1715188401
खेलकुद

खुला टेबलटेनिस हुने

जिल्ला टेबलटेनिस सङ्घको आयोजनामा १२औँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता यही फागुनमा हुने भएको छ ।

यही फागुन २५ गतेदेखि हुने उक्त प्रतियोगितामा पुरुष÷महिला सिङ्गल्स खुला, स्कुल, कलेज, भेट्रान, बहिरा, शारीरिक अपाङ्गता भएका, दृष्टिविहीन र खेल पत्रकार गरी ३४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिनुभयो ।

अखिल नेपाल टेबलटेनिस सङ्घको वार्षिक कार्यक्रम अनुसार हुन लागेको उक्त प्रतियोगितामा करिब तीन सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । ‘सबैका लागि टेबलटेनिस’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगिताको पुरुष÷महिला सिङगल्समा पहिलो हुनेले रू ५० हजार, दोस्रो हुनेले रू २५ हजार र तेस्रो हुनेले जनही रू १० हजार नगद पुरस्कार पाउने छन् । फागुन २९ गतेसम्म चल्ने प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।