११ जेष्ठ २०८१, शुक्रबार 1716568022
Banner

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको हो ।

वेस्ट इन्डिज ए का लागि एलिक एथानाजले सर्वाधिक ४२ रन बनाएका थिए भने कप्तान रोस्टन चेजले ३३ रन बनाएका थिए । त्यसैगरी जोन्सन चार्लेजले २४, म्याथ्युज फोर्डले २३ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर सागर ढकाल र सोमपाल कामीले ३-३ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।