२३ बैशाख २०८१, आईतवार 1714910627
Banner

सशस्त्रका ४ जना एसएसपी डीआईजीमा बढुवा

काठमाडौं । सशस्त्र प्रहरी बलका ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढवा गर्न सिफारिस गरिएको छ। गृह मन्त्रालयम बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो।

एसएसपी सुरेश कुमार श्रेष्ठलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ। सशस्त्रमा ४ जना डीआईजीको पद रिक्त छ।

सो रिक्त पदमा श्रेष्ठ सहित अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको बढुवा समितिले जनाएको छ ।