१३ बैशाख २०८१, बिहीबार 1714071250
Banner

रवि आफैं सञ्चारमाध्यमबाट आएको व्यक्तिले यस्तो अभिव्यक्ति दिनु अपरिपक्वता हो : निर्मला शर्मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गएको आईतबार सरकारबाट आफना मन्त्रि फिर्ता बोलाउँदै गर्दा सयौ मिडियाको अगाडि तिनै मिडियाका सञ्चालक र सम्पादकमाथि दिएको अभिव्यक्तिले नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जाल तरंगित छ । त्यो अभिव्यक्तिप्रति धेरैको टिप्पणी उठिरहेको छ । मिडिया र मिडिया सञ्चालकमाथि गम्भीर आरोप लगाएपछि त्यससँग जोडिएका व्यक्ति र संस्थाप्रति धेरैले चासो देखाएको अवस्था छ । पुर्व गृहमन्त्री भइसकेका र संसदको चौथो ठुलो शक्तिका रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको यो प्रकारको आक्रोश र आवेग हुनुलाई धेरैले अपरिपक्वतासँग पनि दाँजेका छन् । मिडियाले खेदेको खेदै गरयो भनेर नाम नै तोकेर जुन आधारलाई प्रस्तुत गरेका छन्, त्यसले धेरै बहस र विवाद सिर्जना गरेको छ । उनको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ति पनि जनाएको छ भने आरोप लागेका मिडियाका सञ्चाालक र सम्पादकले रविलाई प्रमाणित गर्न चुनौतीपनि दिएको अवस्था छ । रवि लामिछाने यसरी विवाद, बहस र आवेगमा आउनुको कारणबारे वरिष्ठ पत्रकार निर्मला शर्मासँग गरिएको कुराकानी ।