५ जेष्ठ २०८१, शनिबार 1716066511
राजनीति

जनमत पार्टीलाई थप एक मन्त्राल

काठमाडौं। राष्ट्रपति चुनावपछि जनमत पार्टी नेपाललाई थप एउटा मन्त्रालय दिने भएको छ । खानेपानी मन्त्रालयबाट असन्तुष्ट रहेको जनमत पार्टीले थप एउटा मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिँदै आएको छ ।

सुरुमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति भएको थियो तर पछि खानेपानी मन्त्रालय दिँदा जनमत पार्टी असन्तुष्ट बनेको थियो । थप एउटा मन्त्रालय दिने सहमति भएपछि जनमत पार्टी खानेपानी मन्त्रालय सम्हाल्न गएको थियो ।

जनमत पार्टीले आफूहरूले थप एउटा मन्त्रालय पाउने र त्यसका लागि छलफल चलिरहेको जनाएको छ ।