१४ बैशाख २०८१, शुक्रबार 1714187795
Banner

जनकपुरमा गोली चल्यो, एक युवक घाइते

जनकपुर । धनुषामा एक युवकमाथि गोली प्रहार भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१९ मा शनिबार राति गोली चलेको हो ।

प्रतीकात्मक तस्बिर

गोली लागेर १८ वर्षीय मुकेश मुखिया घाइते भएको धनुषा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार किराना पसलमा बसेर ६÷७ जनाको समूह कुराकानी गरिरहँदा एक्कासि उनीमाथि गोली प्रहार भएको थियो ।

मुखियाको चिउँडोमा लागेको गोली घाँटीमा गएर अड्किएको छ । उनलाई राति नै उपचारका लागि काठमाडौं पठाइएको छ । गोली कसले प्रहार गरेको भन्ने खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।