२०७९ आश्विन १२ बुधबार 1664368047
Banner

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । शुक्रबारबाट सुरु भएको‍ बैठक आज पनि बस्ने भएको हो । बिहान ११ बजेबाट बैठक सुरु हुनेछ । 

बैठकले केन्द्रीय सदस्य थप्ने र पार्टीमा रिक्त रहेका अध्यक्षबाहेकको पदपूर्ति गर्ने तथा स्थायी कमिटी, पोलिटब्युरो पनि गठन गर्ने भएको छ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको बारेमा रिपोर्टिङ गर्ने छन् । बैठकले स्थानीय निर्वाचनको रणनीति पनि तय गर्ने एक नेताले बताए ।