१४ बैशाख २०८१, शुक्रबार 1714146458
Banner

खेलाडीलाई प्रोत्साहन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘अघिपछि मात्रै हुसस होइन, चाहिएको ठाउँमा पनि हुसस हुनपरयो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलाडीले हरेक क्षेत्रको निगरानी गर्न सक्ने बताउनुभएको छ । नेपाल खेलकुद महासंघ प्रदेश १ को झापामा सम्पन्न प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आसन्न निर्वाचनमा महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपांग भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखेर भोट दिने वातावरण बनाउन सरोकारबालाहरुलाई निर्देशन दिनुभएको हो ।

ज्येष्ठ नागरिक र अपांग भएका व्यक्तिहरु लाइनमा उभिन नपरोस उनिहरु पहिलो प्राथमिकतामा परुन उहाँले भन्नुभयो । निर्वाचनमा धाँधली पनि हुन सक्ने भन्दै अध्यक्ष ओलीले एक पटक भोट हालिसकेकाले फेरि मतदान गर्न जान्छन कि भन्ने कुरामा खटिएका स्वयमसेवक चनाखो हुनुपर्ने बताउनुभयो ।

खेलाडीलाई प्रोत्साहन गदै ओलीले भन्नुभयो, चुनाबमा नटेर्ने धाँधलीको वातावरण बनाउन खोज्नेलाई खेलाडीले हुसस पनि गर्नुपर्छ । अध्यक्ष ओलीले भन्नुभयो,–‘अघिपछि मात्रै हुसस गरेर के गर्नु चाहिएको ठाउँमा हुसस भएन भने ।’ चाहिएको बेलामा पनि हुसस गर्न परयो हुसस गरेपछि मानिसले गलत गर्न सक्दैन उहाँले भन्नुभयो

। मतपेटिकाको रक्षा गर्न, मतगणना तलमाथि नहोस भन्ने कुरामा ध्यान दिन तोकिएका प्रतिनिधिहरुसंग सहकार्य गरेर काम गर्न उहाँको निर्देशन थियो । सम्पन्न अधिवेशनले राजकुमार थापाको अध्यक्षतामा ६१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ ।

समितीको उपाध्यक्षद्वय योगेन्द्र थापा, टीका शिवाकोटी, सचिव जितेन थापा, उपसचिवद्वय खिलराज श्रेष्ठ ,दिलकुमार सुनुवार र कोषाध्यक्ष हेमन्त सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, एमाले पोलिटब्युरो सदस्य एवं महासंघका इन्चार्ज गोकुल बास्कोटा, महासंघका केन्द्रीय संयोजक कृष्ण बस्नेत (पर्शुराम) लगायतको सहभागिता रहेको थियो ।