१४ बैशाख २०८१, शुक्रबार 1714116311
Banner

यस्तो छ आइतबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची

काठमाडौँ– आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

संघीय संसद सचिवायलका अनुसार भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेस गर्ने कार्यतालिका छ ।

त्यस्तै भोलि बिहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ ।