२३ बैशाख २०८१, आईतवार 1714890991
Banner

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । नेकपा (एमाले) संसदीय दलका नेताको रुपमा मुख्यमन्त्री बनेका कँडेलले बिहीवार कर्णाली प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् ।

उनलाई उपस्थितमध्ये २३ सांसदले विश्वासको मत दिएका थिए । कर्णाली प्रदेशमा ४० जना सांसद छन् । कँडेललाई २१ को समर्थन आवश्यक थियो ।