७ बैशाख २०८१, शुक्रबार 1713529317
राजनीति

सभामुखद्धारा भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक आव्हान

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ । आइतबारको प्रतिनिधिसभा बैठकअघि बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने गरी बैठक बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । आइतबारै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने तय छ । बैठकमा प्रधानमन्त्री देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतिसौ बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

कार्यव्यवस्थाको बैठकमा संसद् बैठकको कार्यसूचीबारे छलफल हुनेछ । कार्यसूचीलाई अन्तिम रूप दिइनेछ । बैठकमा संसद्मा जारी अवरोध हटाउने विषयमा पनि छलफल हुनेछ ।