१४ बैशाख २०८१, शुक्रबार 1714172415
Banner

आत्मदाहको प्रयास गर्ने पुरुषलाई बचाउन जाँदा घरबेटीको मृत्यु

पोखरा । पोखरामा आइतबार आगोले जलेकी पोखरा महानगरपालिका १३ काँहुखोलाकी संगीता सापकोटाको निधन भएको छ । आइतबार बिहान सापकोटा र उनको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री आगोले जलेर घाइते भएका थिए । उनै घरवेटी सापकोटाको उपचारका क्रममा राति मृत्यु भएको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा सोमबार उनको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो लागेर सापकोटाको शरीरको ८० प्रतिशत भाग जलेको थियो । क्षेत्रीको भने २५ प्रतिशत शरीर जलेको र उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले बताएको छ ।