१४ बैशाख २०८१, शुक्रबार 1714159663
Banner

प्रचण्ड कमरेड ! बाठो लड्छ, तीन बल्ड्याङ

मानिसलाई पशुभन्दा पृथक् र भिन्न देखाउने उसको दिमाग हो । नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले भनेझैँ मानिसको दिमाग काठको बाकस होइन त्यसैले भने दिमागमा भएभरका फोहोर थुपारेर राख्नु हुँदैन । यो सशक्त बिम्बमय प्रतीकात्मक अभिव्यक्ति हो । समसामयिक सान्दर्भिक विषयलाई स्पष्ट संकेत गरे पनि यसले दिमागमा फोहोरी विचार पाल्ने सबैलाई गम्भीर कटाक्ष गर्छ ।

कमरेड प्रचण्ड, अलिकति पनि इमान छ भने तपाईँले आफू प्रधानमन्त्री बन्दा गरेको भद्र सहमति बिर्सनै मिल्दैन । ओलीलाई तपाईँको अस्थिर चरित्रबारे फेरि पनि थाहा नभएको होइन तर देशलाई तीव्रतर रुपमा ओरालो र भिरालोतिर जान नदिनका लागि एउटा अन्तिम मौकाका लागि तपाईँलाई साथ लिन बाध्य भएको स्थिति हो । यस लेखकले यही कुरालाई ख्यालमा राखेर मत्ताहात्ती तह लगाउन माउते धेरै चलाख हुनुपर्छ भनेर केही दिन अघि लेखेकै थियो । तपाईँ पहिले प्रधानमन्त्री भएका बेला प्रधान सेनापति प्रकरणमा सफल हुनु भएको भए यो देश अहिलेसम्म रहन्थ्यो कि रहन्थेन थाहा छैन । तपाई नेपालमा पहिलेदेखि नै कुनै न कुनै उपद्रो गर्न चाहनुहुन्छ, यो कुरा आम देशबासीलाई थाहा छ । २०६२,०६३ को आन्दोलन एउटा सहमतिमा पुग्दा पनि त्यसमा आफू असहमत भएर कार्यकर्तालाई संघर्ष जारी राख्न तपाईले कडा उर्दी जारी राख्नु भयो तर भलै कसैले पत्याएनन् । अझ भारत विरुद्ध कहिल्यै केही र कु्नै काम गर्दिन भनेर लिखितम वाचा गर्ने तपाई शंकाको घेरामा हुनुहुन्छ ।

एमालेले तपाईलाई नेपाल र नेपालीको हितविरुद्ध जानै नदिन राष्ट्रपति र सभामुख दुवै राख्न तपाईँ प्रधान सेनापति प्रकरणमा सफल हुनु भएको भए यो देश अहिले सम्म रहन्थ्यो कि रहन्थेन थाहा छैन । तपाई नेपालमा कुनै न कुनै उपद्रो गर्न चाहनुहुन्छ, आम देशबासीलाई थाहा छ ।


खोजेकै हो । यसका विरुद्ध तपाईँ लाग्नु भयो र यदि यो कुरा कथंकदाचित सफल भयो भने देशको स्वतन्त्र र स्वाधीन अस्तित्व धरापमा पर्छ । यस्तो अवस्थामा तीन करोड जनताको जनअदालत गठन गनुृ पर्ने बाध्यता आउने कुरा ओलीले पहिल्यै बताउनु भएको छ । ख्याल गर्नु होला यो ठट्टा मजाकको कुरा होइन । विगतमा चुनावी तालमेल सम्भावित दुर्घटना रोक्ने असल नियतबाट गरिएको कति नेताले बुझेका छन् थाहा छैन । नेपाली जनतालाई जयसिंह धामी मारिँदा मुख सिएर बस्ने र नाकाबन्दी विरुद्ध चुइक्क नबोल्ने देउपा काङ्ग्रेसले अघिसारेको राष्ट्रपतिले देश र जनताको किमार्थ गर्दैन । जननायक बीपी कोइराला विरासद्का इमान्दार देशभक्त काङग्रेसीजनले पनि यो कुरा राम्ररी बुझेका छन् । मानिसको एउटा मात्र मुख हुन्छ । माओले हजार पल्ट नाप, अनि मात्र काट त्यसै भन्नु भएको होइन । गोली र बोली फर्केर आउँदैन । इमानको राजनीति मात्र दीगो हुन्छ । तपाईँ जस्ता पात्र र प्रवृत्तिले राजनीतिलाई फोहोरी खेल बनाउनु भएको हो । भकुण्डो राजनीति हो, त्यसको कुनै गल्ती हुँदैन । तर खेलाडी खराव हुनाले राजनीति प्रति आक्षेप लागेको हो । माओले भन्नैका लागि सदा इमान्दार हुनु भन्नु भएको होइन । नाङ्गिने पनि हद हुन्छ हद पार नगर्नु होला कमरेड ?

नेपाली जनतालाई जयसिंह धामी मारिँदा मुख सिएर बस्ने र नाकाबन्दी विरुद्ध चुइक्क नबोल्ने देउपा काङ्ग्रेस राष्ट्रपति हुँदा कदापि देशको हित हुँदैन । जननायक बीपी विरासद्का इमान्दार देशभक्त काङग्रेसीजनले पनि यो कुरा राम्ररी बुझेका छन् ।


इन्दिरा गाँधीको ललाइफकाइ, ललौरी, आदेश र निर्देशनमा लेन्डुप दोर्जेले सिक्किम भारतमा विलय गराए र तर जब गाँधीले काम स¥यो भाँडो, आफल तेरो ठाँडो गरेपछि मात्र लेन्डुप दोर्जेमा चेत पलाउँदा आफ्नो प्रिय मातृभूमिको अस्तित्व समाप्त भइसकेको थियो । जननायक बी.पी कोइरालाले भारतीय शाषकको नेपाललाई हेर्ने गिद्धे दृष्टि अलिपछि थाहा भएकाले वहाँ अत्यन्त सचेत हुनुभयो र नेपालको स्वतन्त्रता र अखण्डता त्यति बेला कायम हुन सकेको हो ।

प्रचण्ड कमरेड, तपाईले धेरै पटक आफ्ना गल्तीहरुप्रति माफी माग्नु परेको छ । दस बर्से जनयुद्धको तीतो अनुभव बताउँदै कसैले कसैलाई बन्दुकको बलमा समाप्त पार्न सकिने रहेछनछ भनेर बन्द्ुक बिसाउनु भयो । यति कुरा बुझ्न रगतको खालो बगाउनु भयो । प्रसिद्ध नियात्राकार जीवा लामिछानेले बुरुण्डी लगायत देश जातीय साम्प्रदायिक तथा धार्मिक रुपमा चिहानमा परिणत भए पछि बुद्धि पलाएर क्रमशः प्रगतिपथमा लम्किएको बताएका छन् । जननेता मदन भण्डारीले यस्ता कुरा पहिले नै राम्ररी मनन गरेर माक्र्सवादको पुनः सृजन गरी जबज सिद्धान्त प्रतिपादन गर्नु भयो । तपाईँले पनि धेरै पछि उग्रवादी द्ुस्साहसवादी चिन्तन र चरित्रबाट हरेस खाएर एक्काइसौँ शताब्दीको जनवाद भन्न बाध्य हुनुप¥यो । जबजलाई हरियो घाँसमा लुकेको सर्प भन्ने तपाईँहरु जबजकै मार्गमा अवतरण गर्नु भयो । तपाईँले प्रधान सेनापति प्रकरण र पशुपतिका मूल पुजारी परिवर्तन गर्ने मुद्दामा पनि माफी माग्नु प¥यो,गल्ती स्वीकारर्न बाध्य हुनुप¥यो । लेन्डुप दोर्जेमा चेत पलाउँदा आफ्नो प्रिय मातृभूमिको अस्तित्व समाप्त भइसकेको थियो । जननायक बी.पी कोइरालाले भारतीय शाषकको नेपाललाई हेर्ने गिद्धे अलिपछि थाहा पाएकाले वहाँ अत्यन्त सचेत हुनुभयो र नेपालको स्वतन्त्रता र अखण्डता त्यति बेला कायम हुन सकेको हो ।

प्रचण्ड कमरेड,सरकार र सत्तामा टाँसिएर पार्टी बलियो हुन्छ भन्ने भ्रममा नपर्नु होला । सरकार र सत्ता हुँदा गुहे कीरा झैँ वरिपरि भन्किनेहरु अभर परेका बेला कोही काम लाग्दैनन् । अवसर छोपुवाहरु घरि एमाले घरि माओवादी वा अरुहरु पार्टीमा ओहोर दोहोर गरिरहन्छन्। सबै पञ्च नेपाली, सबै नेपाली पञ्च भएर पनि तिनले पञ्चायत जोगाउन सकेनन् । जुनसुकै रङ्ग र आवरणको निरङ्कुशता यो दुनियाँमा चल्ने छैन ।

प्रचण्ड कमरेड,अखिर धेरै ढिलो भए पनि तपाईँले नेपाल र नेपाली हुनुमा गर्व गर्नै गर्नु भयो तर यसको अगु्वाइ आर्फैँले गर्नु भएन । तपाईँले किन लामो समयसम्म एकीकरण अभियानका शीर्षस्थ तथा अग्रणी व्यक्तित्व पृथिवी नारायण शाहलाई नानाथरि फतुर लगाउनु भएको हो । त्यति मात्र होइन तपाईँले देशको नाम फेर्न र गौरवशाली राष्ट्रिय झण्डा हटाउन किन मरिहत्ते गर्नु भएको थियो । अहिले आएको यही बुद्धि उतिबेलै आएको भए कति जाती हुन्थ्यो ।


तपाईँ हर कुरामा किन द्वन्द्ववाद विरुद्ध लागिरहनु भएको हो । हरेक विषय र क्षेत्रका सकारलाई स्वीकार्ने नकार जतिलाई नकार्ने वा दु्त्कार्ने माक्र्सवाद विरुद्ध किन लगातार लाग्नु हुन्छ ? समाज विकासको गति स्वाभाविक, सहज र प्रकृत हुन्छ । एउटा गर्भ पूर्ण रुपमा विकसित हुन नौ महिना लाग्छ तर तपाईको हतार र लहडले उक्त समयअघि नै बच्चा जन्मिन सक्तैन । असमय मै बच्चा जन्माउन बल प्रयोग गर्नु भयो भने दुवैको ज्यानलाई खतरा पुग्नसक्छ ।


मात्रात्मक परिवर्तन बिना गुणात्मक रुपान्तरण हुँदैन नि होइन ? तपाई जन्मिदै कम्युनिस्ट हो र ? अध्ययन, अनुभव र उमेरसँगै तपाईमा परिवर्तन आएको होला नि । दसबर्से जनयुद्धका अनुभवबाट पनि तपाईका केस पाकेका होलान् । सिद्धान्तलाई व्यवहारमा घोटेपछिको ज्ञान मात्र सही हुन्छ । कोरा किताबी ज्ञानबाट ज्ञानको समग्रता प्राप्त हुन सक्तैन । आफ्नै नाक ठोक्किएर वास्तविक ज्ञान पाइन्छ । दुरदृष्टि चेत नभएका मानिस पटक पटक ठेस लागेर मात्र अलिअलि बुद्धि बटुल्छन् । सूत्र र सिद्धान्त मात्र पढेर अग्रगामी दिशादृष्टि पाइँदैन । माक्र्स पढेर के गर्नु माक्र्सवादको गुह्य र अन्तर्य राम्ररी मनन गरेकै छैन । गरेको भए जनवादी केन्द्रिीयताका नाममा नोकरसाही केन्द्रियता कम्युनिस्टहरुले लागु् गर्ने गल्ती गर्ने नै थिएनन् । माक्र्सले किसान मजदुरले आफ्नो मुक्ति आफैँ जितेर लिनुपर्छ भन्नु भयो । यसको गुह्य अर्थ भुईँ तहदेखि सैद्धान्तिक वैचारिक सचेतताको व्यापक लहर सिर्जना गरेर आम श्रमजीवी जनतालाई पार्टी र मोर्चा संगठन वरिपरि गोलबद्ध गर्नुपर्छ र तिनकै हात र साथ लिएर आन्दोलन सफल पार्नुपर्छ भन्नु भएको हो । तर तपाईहरु उक्त भनाइ विपरीत उल्टो यात्रामा लाग्नु भयो । ८० प्रतिशत भूभाग कब्जा गरेको भनेर फ्ुईँ गर्ने तपाई र तपाईको पार्टी भूभाग विहीन हुँदो छ । अहिले ओलीसितको संगत र संश्रयबाट भयभीत भएर एमाले बाहेक सित पार्टी एकीकरण अभियान गर्न थालेको सुनिन्छ तर याद गर्नु होस् पानी पकाएर बाक्लो हुन्न मान्छे फकाएर पनि आफ्नो हुन्न नि । तपाईँले जस्तो सिकाउनु हुन्छ तपाईँको पार्टीका अनुचरले त्यही शिक्षा सिक्ने होला । जनार्दन शर्मा तपाईँ विरुद्ध ज्यान फालेर लागिरहेको देखिन्छ । पहिले पो तपाईँसित बन्दु्क थियो र बाबुराम समेत बालबाल बचेका हुन् । त्यसैले तपाई आफ्नो छायाँदेखि आफैँ तर्सिँदै हुनुहुन्छ । तर ओलीसित तपाई बिनासित्ति नतर्सिए हुन्छ ।

माक्र्सले किसान मजदुरले आफ्नो मुक्ति आफैँ जितेर लिनुपर्छ भन्नु भयो । यसको गुह्य अर्थ भुईँ तहदेखि सैद्धान्तिक वैचारिक सचेतताको व्यापक लहर सिर्जना गरेर आम श्रमजीवी जनतालाई पार्टी र मोर्चा संगठन वरिपरि गोलबद्ध गर्नुपर्छ र तिनकै हात र साथ लिएर आन्दोलन सफल पार्नुपर्छ भन्नु भएको हो । तर तपाईहरु उक्त भनाइ विपरीत उल्टो यात्रामा लाग्नु भयो । ८० प्रतिशत भूभाग कब्जा गरेको भनेर फ्ुईँ गर्ने तपाई र तपाईको पार्टी भूभाग विहीन हुँदो छ ।

ओली आफू भलो जगत् भलो भन्ने मान्यतामा हुनुहुन्छ । देश र जनताको भलो गरुन्जेल तपाई निढुक्क काम गर्नुहोस् तर छिर्के लगाउने कोसिस गर्नुभयो भने ओलीले गरेको त्यसको प्रतिवाद तपाईंलाई कहिल्यै नबिर्सने पीडा हुनेछ । जीवन र मरण पनि दुई खाले हुन्छ । बाँच्दै मर्ने कि मरेर बाँच्ने यसमा बहुत विचार गनुृ होला ।


जान्दा जुन विषय र क्षेत्र पनि श्रीखण्ड हो र हुन्छ तर नजान्दा त्यही कुरा खुर्पाका बिँड अनि अँगेनाको दाउरो हुन्छ । आन्दोलनमा धैर्यका साथ अविलित रुपमा रहिरहेका भए मैनाली बन्धु जस्तो दरवार र घरबारको टाट्नामा सीमित हुनु पर्ने नै थिएन । हजार अपमान र भुक्तमान खेपेका चिनियिाँ महान् नेता तङ सिआयो पेङनै यसका जीवन्त उदाहरण हुन् । पुष्पलाल, मनमोहन, मदन भण्डारी र निर्मल लामा नीति, सिद्धान्त र इमानका आधारमा महान् हुनु भएको हो । उहाँहरुले आफूलाई समयमै फेर्ने वा सच्याउने कुरामा ध्यान दिनु भयो र गगन चुम्बी उचाइ पाउनु भयो । उहाँहरु पदीय उच्च ओहदा र प्रधानमन्त्री भएर मात्र महान् हुनु भएको होइन ।

राजनेताले कम्तीमा २०,५० वर्षपछिको भविष्य देखेको हुन्छ । तर तपाईँहरु गोडा दसेक वर्षपछिको स्थिति देखनु हुँदो रहेनछ । झापा संघर्षका कारण तत्कालीन माले र एमाले देशव्यापी भएको देखेर आहारिस गर्न थाल्नु् भयो । जानेदेखि देखासिकी गरि खानु राम्रै कुरा थियो । तर आहारिसको औडाहाले गर्दा गल्दा बन्दुक बोक्ने रहर गर्नु भयो । पञ्चायत विरुद्धका सशक्त संघर्षमा सडक पेटीमा बसेर रमित हेनुर्् भयो । सबै बाम मिलेर पंचायत विरोधी आन्दोलन सशक्त बनाएको भए शक्ति सन्तुलनको भार बाम पक्षमा हुन्थ्यो । तर एक्लो बीर बन्न खोज्दा देशको जन र धनको अपार क्षति भयो । सकेसम्म शान्तिपूर्ण वा क्षति बिना र सकेसम्म कम क्षतिबाट समाजिक परिवर्तन गर्नु पर्छ भन्ने मान्यता माक्र्सवाद को हो । त्यसैले मदन भण्डारीले राम्रो काम राम्रै तरिकाले सम्पन्न गर्नु पर्छ भन्नु भएको हो । जबजले जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्ने मूल ध्येय राखेको छ । तर तपाईँ भने छलछाम जालसाझी दोहोरो र दोधारे काम र कुराबाट सरकार र सत्ता सिन हुन चाहानु हुँदो रहेछ । ओलीले त मैलै कहिल्यै नदेखेका र नभेटेका व्यक्ति र व्यक्तित्वले आफूलाई खबरदारी गरिरहेको बताउनु हुन्छ । तिनै माक्र्स र माओले तपाईँलाई सदा इमान्दार हुन सपनामा पनि कहिल्यै भन्नु हुन्न कि क्या हो


माक्र्सले किसान मजदुरले आफ्नो मुक्ति आफैँ जितेर लिनुपर्छ भन्नु भयो । यसको गुह्य अर्थ भुईँ तहदेखि सैद्धान्तिक वैचारिक सचेतताको व्यापक लहर सिर्जना गरेर आम श्रमजीवी जनतालाई पार्टी र मोर्चा संगठन वरिपरि गोलबद्ध गर्नुपर्छ र तिनकै हात र साथ लिएर आन्दोलन सफल पार्नुपर्छ भन्नु भएको हो । तर तपाईहरु उक्त भनाइ विपरीत उल्टो यात्रामा लाग्नु भयो । ८० प्रतिशत भूभाग कब्जा गरेको भनेर फ्ुईँ गर्ने तपाई र तपाईको पार्टी भूभाग विहीन हुँदो छ । भारत विरुद्ध केही गर्दिन तमसुक,नेपालको नाम र झण्डा फेर्न आतुर र व्यग्र, जात,भात नाक र नश्ल,भूगोल लगायत अनेक बहानामा नेपालको शान्ति र समुन्नति भन्दा ध्वंश तपाईको चाहना थियो र छ । अब तपाईँको बुद्धि सर्वनाश नभई तपाईको बुद्धि पलाउला जस्तो लाग्दैन । देशलाई सर्वोपरि राख्ने बुद्धिजीवी हो भने सत्यतथ्य छुट्याउँछ भर्खरै सरस्वती पूजा गरेका छौ । हाम्रा दुरदृष्टिका पु्र्वजले बीणा,पुस्तक र हाँसको वाहन चढेकी भनेर तयार पारेको सरस्वती श्लोक पनि पाठ गरेका छौँ । उक्त श्लोकमा विद्याको बहुआयाम उल्लेख गरिएको छ भने हाँसले झैँ दूध र पानी,इमान र बेइमान,सत्य र झुट छुट्याउने सामथ्र्य भएका तपाईका पार्टीमा कुनै मानिस छन् भने तपाईको बेहोरा र कर्मलाई अवश्य धिक्कार्ने छन् । होइन ती तपाईका पशुझैँ मित्र,नेता र कार्यकर्ता हुन् र छन् भने तिनको यो जुनी नै धिक्कार योग्य छ ।

हाम्रा दुरदृष्टिका पु्र्वजले बीणा,पुस्तक र हाँसको वाहन चढेकी भनेर तयार पारेको सरस्वती श्लोक पनि पाठ गरेका छौँ । उक्त श्लोकमा विद्याको बहुआयाम उल्लेख गरिएको छ भने हाँसले झैँ दूध र पानी,इमान र बेइमान,सत्य र झुट छुट्याउने सामथ्र्य भएका तपाईका पार्टीमा कुनै मानिस छन् भने तपाईको बेहोरा र कर्मलाई अवश्य धिक्कार्ने छन् । होइन ती तपाईका पशुझैँ मित्र,नेता र कार्यकर्ता हुन् र छन् भने तिनको यो जुनी र जिन्दगी नै धिक्कार योग्य छ ।

प्राविधिक कारणले इमानले हार्नु प¥यो भने उसको अनुहार हँसिलो नै हुन्छ । घाम अस्ताउने बेला पनि रातै हुन्छ । तर बेइमान जतिसुकै महान् भनिने पदमा बसे पनि अनुहार सधैँ मुर्झाएको हुन्छ । अलिकति भए पनि बुद्धि विवेक र इमान भएको प्रगतिशील वा प्रजातान्त्रिक आस्थावान् व्यक्ति छ भने उसले तपाईँका कृत्यहरु आलोच्य ठान्छ । देशको प्रधानमन्त्री नै खुलेआम धोखा धडी गर्छ भने तलतल सबै क्षेत्रमा अझ चरम धोखाधडी हुन्छन् । झुक्याउनु, छक्याउनु र जालसाझी गर्नु कुनै बहादुरी होइन । किशोर नेपाल र प्रा.डा. युवराज संग्रौला थरि कतिपय बुद्धिजीवीलाई अब बुझाउन र सम्झाउन सकिन्न । तिनलाई घाँसै हाल्नु पर्ने अवस्था देखिन्छ । त्यसैले देशको संगीन र संकटापन्न अवस्थालाई पूरै बेवास्ता गर्ने नेता,नेती,बुद्धिजीवी लगायतलाई घाँस हाल्नु नपरोस् ।