७ बैशाख २०८१, शुक्रबार 1713588936
Banner

१ सय ५ जनामा कोरोना पुष्टि, ३ जनाको ज्यान गयो

काठमाडौं । नेपालमा थप १ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

४ हजार ९ सय २४ जनामा गरिएको परीक्षणमा १ सय ५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय २० जना संक्रमणमुक्त हुँदा ३ जनाको कोरोनाकै कारण ज्यान गएको छ ।

देशभर कोरोनाका ७ हजार ५ सय १७ सक्रिय संक्रमित हुँदा १ लाख २४ हजार ७ सय ८८ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

कोरोनाबाट अहिलेसम्म ११ हजार ९ सय ४४ जनाको मृत्यु भइसकेको छ भने ९ लाख ५७ हजार ८ सय ८ जना संक्रमणमुक्त भइसकेका छन् ।