१४ बैशाख २०८१, शुक्रबार 1714185776
Banner

कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने भएको छ ।

आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारीको बैठकले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको हो ।

प्रवक्ता प्रकाशशरण महतले भन्नुभयो, ‘कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ । राष्ट्रपतिमा सबै दलको सहयोग लिएर अगाडि बढ्ने निर्णय भयो ।’

कांग्रेसले राष्ट्रपतिको निर्वाचन समयमै गर्नुपर्ने बताएको छ । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले कुनै कानुनी अड्चन छ भने त्यसलाई हटाएर समयमै निर्वाचन गर्न सरकारको ध्यानाकषर्ण गराएको हो ।

प्रवक्ता महतले भन्नुभयो, ‘ऐनमा एक महिना अगाडि भन्ने व्यवस्था छ, ५ वर्षको अवधि पनि भनिएको छ । त्यहाँ भएको कन्ट्राडिक्सनलाई टुंग्याएर समयमै निर्वाचन गर्ने काम सरकार र निर्वाचन आयोगको छ ।’

उमेदवारी दिनुपूर्व अन्य पार्टीसँग पनि छलफल गर्ने कांग्रेसले जनाएको छ ।