१२ बैशाख २०८१, बुधबार 1713992606
पालिका

टोलबासीलाई स्वच्छ खानेपानी पुरयाउने कार्यमा प्रतिबद्ध छु : मदन गुरुङ्ग

काठमाडौं । टोखा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मदन गुरुङ्गले निर्वाचन जितेपछिको आफनो मुख्य प्राथमिकता टोलवासीलाई स्वच्छ खानेपानी दिनु नै रहेको बताउनुभएको छ । सम्पूर्ण वडाबासीले शुद्ध खानेपानी पीउन पाउनु पर्छ भनेर खानेपानीको योजना प्रमुख प्राथमिकतामा राखिएको छ उहाँले भन्नुभयो । पानी सवैको पहुँचमा पुगोस भन्नाका लागि अहिले सिसडोल हाईडमा निमार्णकार्य शुरु भईरहेको उहाँले बताउनुभयो । पुरानो कार्यलाई प्रभावकारी बनाउँदै थप नयाँ योजनाहरुपनि बन्दै गरेको उहाँले सुनाउनुभयो ।

युवालाई स्वरोजगार बनाउने योजना अन्र्तगत विशेष गरि महिलालाई लक्षित गर्दै सिलाई कटिङ्गका कार्यक्रमहरु चलिरहेको उहाँले बताउनुभयो । महिलालाई आयआर्जनसँग जोड्ने, यूवा क्षेत्रमा स्वरोजगारका कार्यक्रम ल्याउने, बालबालिकाको शिक्षालाई प्रमुख प्राथमिकतामा राखेको छु उहाँले भन्नुभयो ।

शिक्षा, स्वास्थ्य, खानेपानी, यूवा स्वरोजगार, सामाजिक विकास, महिलालाई आत्मनिर्भर बनाउने लगायतका योजनाहरु आफनो प्राथमिकतामा रहेको उहाँको भनाई छ ।