१७ बैशाख २०८१, सोमबार 1714427476
Banner

पोखरा विमान दुर्घटना अपडेट : ४२ जनाको शव निकालियो

काठमाडौं । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट ४२ जनाको शव निकालिएको छ। काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको हो।

हाल उद्धार कार्य भइरहेको र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। शवहरू डढेको अवस्थामा फेला परेका छन् । बाँकी यात्रुहरु पनि जीवित हुने सम्भावना कम रहेको केसीले बताए । २५ जनालाई भने अस्पताल पुर्‍याइएको छ। हालसम्म विमानबाट निकालिएका अधिकांशको मृत्यु भएको प्रारम्भिक आशंका गरिएको छ।