२६ बैशाख २०८१, बुधबार 1715152251
Banner

पोखरा विमान दुर्घटना अपडेट : ३५ जनाको शव निकालियो

काठमाडौं । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट ३५ जनाको शव निकालिएको छ। काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको हो।

हाल उद्धार कार्य भइरहेको र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। शवहरू डढेको अवस्थामा फेला परेका छन् । बाँकी यात्रुहरु पनि जीवित हुने सम्भावना कम रहेको केसीले बताए । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए। विमानको अवस्था र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।