१७ बैशाख २०८१, सोमबार 1714371423
Banner

आजदेखि काठमाडौंमा मेलम्चीको पानी आउने

काठमाडौँ । आजदेखि मेलम्ची आयोजनाले काठमाडौंका मुख्य सहरमा पानी वितरण गर्ने भएको छ । मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार मंसिर १८ गतेदेखि काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा मेलम्चीको पानी आएको छ ।

प्रशोधित पानी बिहीबार बेलुकी महाङ्कालस्थित रिजर्भ ट्याङ्कीमा पठाउने र शुक्रबार बिहान उपभोक्ताको घर–घरको धारहरूमा पठाइनेछ । पानी सबै स्थानमा भने एकै पटक पठाइने छैन । शुक्रबार बिहान खानेपानीमन्त्री उमाकान्त चौधरीको उपस्थितिमा पानी वितरण सुरु गरिने छ।

मेलम्चीको पानी चुनाव अगाडि नै उपत्यकामा ल्याउने तयारी भइरहेको थियो । तर मेलम्ची खानेपानीको मुहानसम्म पुग्ने अस्थायी संरचना बनाउन समय लागेकाले निर्वाचन पश्चात मात्रै खानेपानी आउने भएको हो ।

गत वर्षको वैशाख ११ गतेदेखि अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको थियो । तर वर्षायाम लागेपछि बाढी आउन सक्ने भन्दै जेठ १७ गते नै मेलम्ची खानेपानी आयोजनाले सुरुङको मुल ढोका (गेट) बन्द गरेको थियो ।