१४ बैशाख २०८१, शुक्रबार 1714170900
Banner

एमसीसी पारित गर्ने गठबन्धनको निर्णय

काठमाडौँ – सत्तारुढ गठबन्धनले एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको गठबन्धनको बैठकले एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । ‘एमसीसी इन्डोप्यासिफिक रणनीतिअनुसार नरहेको, नेपालको संविधानभन्दा माथि नरहेको र विशुद्ध आर्थिक विकास परियोजनाको रुपमा मात्र बुझ्छौँ’ भनेर व्याख्या गर्दै पारित गर्ने निर्णय भएको पौडेलले बताउनुभयो ।

आइतबार बस्ने प्रतिनिधिसभाको दोस्रो चरणको बैठकबाट एमसीसी पारित गर्ने जानकारी दिँदै पौडेलले आजै दोस्रो सेसनमा पारित हुने बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, नेतात्रय रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।